बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताको छलफल

काठमाडौँ । सत्ता साझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

बैठकमा संसदमा रास्वपाले जारी राखेको अवरोधको विषयमा छलफल भएको बताइएको छ । साथै बैठकमा माओवादी केन्द्रसँग भिजिट भिसा प्रकरणमा कांग्रेस र एमालेले गरेको दुई बुँदे सहमतिको कार्यान्वयनका बारेमा छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु देउवा राणा, अर्थमन्त्री विष्णु पौडेललगायतको उपस्थिति रहेको थियो  ।

Sudina Shrestha

प्रकाशित: ५ असार २०८२, बिहीबार १०:२०