काठमाडौँ । मितेरी सहकारी संस्थाको रकम अपचलनमा मुछिएका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ । सहकारीको रकम अपचलन प्रकरणमा कम्बोडियाबाट पक्राउ परेका भण्डारीलाई बुधबार राति काठमाडौँ ल्याइएको हो ।
सहकारीको रकम प्रकरणमा मुछिएपछि उनी कम्बोडिया भागेका थिए । प्रहरीले उनलाई रेडकर्नर नोटिस जारी गरेर कम्बोडियामा पक्राउ गरेको हो ।
ललितपुरको महालक्ष्मी नगरपालिकामा कार्यालय रहेको मितेरी सहकारी संस्थाको रकम अपचलनसम्बन्धी उजुरीमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।
भण्डारीले मितेरी सहकारीको ३ करोड ४४ लाख र ज्योति गुरुङले ६ करोडभन्दा बढी रकम अपचलन गरेको आरोप छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-19
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
