
नवलपरासी । बर्षाका कारण नारायणगढ-बुटवल सडक खण्ड अस्तव्यस्त भएपछि वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले बर्षाको कारणले नारायणगढ-बुटवल सडक खण्डको विनयी खोलामा बाढीले डाइभर्सनमा क्षति पुगेको, निरन्तर बर्षाका कारण दुम्कीबास- दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्यूखोला लगायतका स्थानमा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने भई आवागमन असहज भएको जानकारी दिदै वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरेको छ ।
प्रहरी कार्यालयले पूर्वबाट पश्चिम जाने सवारी साधनको हकमा नारायणगढ,मुग्लिङ, पोखरा, स्याङजा, बुटवल हुँदै गन्तव्य स्थानमा जान आग्रह गरेको छ भने काठमाण्डौबाट पश्चिम जाने सवारी साधनको हकमा मुग्लिङ पोखरा, स्याङजा, बुटवल हुँदै गन्तव्य स्थानमा जान अनुरोध गरेको छ ।
त्यस्तै पश्चिमबाट पूर्व जाने सवारी साधनको हकमा बुटवल, स्याङजा, पोखरा, मुग्लिङ हुदै गन्तव्य स्थानमा जान र साना सवारी साधनको हकमा अवस्था बुझेर कालिगण्डकी करिडोर अन्तर्गत गैडाकोट, पिपलडाडा सडक खण्डबाट यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।
Sudina Shrestha
प्रकाशित: ५ असार २०८२, बिहीबार १०:०२
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

भुटानमाथि नेपालको २९८ रनको जित, अपराजित हुदै सेमिफाइनलमा

प्रधानमन्त्री ओलीद्वारा अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता

डा. मुकुल ढकालको रिट ‘हेर्न नभ्याइने’ मा
