कैलाली कारागारमा बेहोस भेटिएका युवकको मृत्यु, दुई दिनदेखि उठेन शव

काठमाडौं । कैलाली कारागारमा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ । सोमबार राति साढे १० बजे कारागारमा अचेत अवस्थामा भेटिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरीश पालीको मृत्यु भएको हो ।

बैंकिङ कसुरका आरोपी पाली अचेत अवस्थामा भेटिएपछि राति नै सेती प्रादेशिक अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी बाल नरसिंह राणाले जानकारी दिए । तर उनको शव दुई दिनदेखि उठेको छैन ।

पालीको मृत्युका कारण खुल्न सकेको छैन । तर, मुख, खुट्टा र शरीरका अन्य भागमा समेत चोटपटक समेत देखिएपछि उनका आफन्तले कारागारभित्र कुटपिट गरेर हत्या गरेको आरोप लगाउँदै शव बुझ्न मानेका छैनन् ।

पालीलाई बैंकिङ कसुर मुद्दामा जिल्ला अदालतले २०८० सालमा १० दिन कैद र दुई लाख रूपैयाँ जरिवाना गरेको थियो ।
त्यही बेलादेखि फरार रहेका उनलाई कैलाली प्रहरीले असार १ गते मात्र पक्राउ गरेर कारागार चलान गरेको थियो । उनको मृत्युबारे थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

Sudina Shrestha

प्रकाशित: ४ असार २०८२, बुधबार ११:०८