
काठमाडौँ । प्रतिनिधि सभाको बैठक विहिबारसम्मका लागि स्थगित भएको छ ।
सभामुखको सचिवालयले बुधबार सभामुखलाई रास्वपा र राप्रपासँग छलफल गरेर सहमतिमा ल्याउन समय दिएकाले बैठक बिहिबार बिहान ११ बजे बस्ने गरि सारिएको बताएको छ ।
आज आधा घण्टाको लागि स्थगित भएको बैठक समयमा बस्न नसकेपछि संसद सचिवालयले सूचना प्रकशित गरेर साढे ४ बजेका लागि तोकेको थियो ।
आजको बैठकमा रास्वपाका सांसदहरु निलो रिबन लगाएर उपस्थित भएपछि कांग्रेसले आपत्ति जनाएको थियो । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसदमा मर्यादित भएर आउनु पर्ने भन्दै रास्वपाका सांसदहरुले निलो रिबन लगाएर आएको प्रति आपत्ति जनाउदै सचेत गराउन र कारवाही गर्न सभामुखसँग माग गरेका थिए ।
कांग्रेसको आपत्ति पछि सभामुखले ३० मिनेटका लागि स्थगित गरेको बैठक शुरु हुन सकेको थिएन ।
pratikshya
प्रकाशित: ४ असार २०८२, बुधबार १०:२२
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
