काठमाडौँ । प्रतिनिधि सभाको बैठक विहिबारसम्मका लागि स्थगित भएको छ ।
सभामुखको सचिवालयले बुधबार सभामुखलाई रास्वपा र राप्रपासँग छलफल गरेर सहमतिमा ल्याउन समय दिएकाले बैठक बिहिबार बिहान ११ बजे बस्ने गरि सारिएको बताएको छ ।
आज आधा घण्टाको लागि स्थगित भएको बैठक समयमा बस्न नसकेपछि संसद सचिवालयले सूचना प्रकशित गरेर साढे ४ बजेका लागि तोकेको थियो ।
आजको बैठकमा रास्वपाका सांसदहरु निलो रिबन लगाएर उपस्थित भएपछि कांग्रेसले आपत्ति जनाएको थियो । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसदमा मर्यादित भएर आउनु पर्ने भन्दै रास्वपाका सांसदहरुले निलो रिबन लगाएर आएको प्रति आपत्ति जनाउदै सचेत गराउन र कारवाही गर्न सभामुखसँग माग गरेका थिए ।
कांग्रेसको आपत्ति पछि सभामुखले ३० मिनेटका लागि स्थगित गरेको बैठक शुरु हुन सकेको थिएन ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-18
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
