
काठमाण्डौ । स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई हराएको छ । हिजो भएकोे खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हराएको हो ।
स्कटल्यान्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ८ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए । स्कटल्यान्डका माइकल लिस्क र सफियान सरिफले समान २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड १९ ओभर ४ बलमा ९७ रनमा अलआउट भएको थियो । स्कटल्यान्डका लागि माइकल लिस्कले ४४ रन बनाए । नेपालका लागि सन्दिप लामिछानेले ४ तथा करण केसी र दीपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए ।
प्रतियोगितामा नेपालको यो पहिलो जीत हो । जीतसँगै नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्ड तीनै टोलीको समान २ अङ्क भएको छ । स्कटल्यान्ड शीर्ष स्थानमा रहँदा नेदरल्यान्ड्स पुछारमा छ ।
यसअघि अस्ति सोमवार भएको दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो भने पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो ।
नेपालले आफ्नो तेस्रो खेल भोलि नेदरल्यान्ड्ससँग र चौथो तथा अन्तिम खेल पर्सि शुक्रवार घरेलु टोलीसँग खेल्नेछ । तीन टोलीले डबल राउन्ड रोबिनमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि सर्वाधिक अङ्क हुने टोली शृङ्खलाको विजेता बन्नेछ ।
करणको एक सय विकेट
करण केसी नेपालको तर्फबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । गएराति स्कटल्यान्डसँग भएको खेलमा दुई विकेट लिएसँगै उनले यो आँकडा पूरा गरेका हुन् । ३३ वर्षीय करणले ८० औं खेलमा एक सय विकेट पुरा गरे ।
यसअघि टी–२० मा एक सय भन्दा धेरै विकेट लिने नेपाली खेलाडी सन्दीप लामिछाने थिए । उनले नेपालबाट ५८ खेलमा एक सय ११ विकेट लिइसकेका छन् ।
Sudina Shrestha
प्रकाशित: ४ असार २०८२, बुधबार ०८:४३
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
