बलिवुडको बहुप्रतिक्षित फिल्म बोर्डर – २ जोडिए दिलजीत र अहान

काठमाडौँ । बलिवुडको बहुप्रतिक्षित फिल्म बोर्डर( २ को छायांकन जारी रहेको छ । फिल्मको छायांकनको तेस्रो तालिका अहिले पुणेस्थित राष्ट्रिय रक्षा एकेडेमीमा छायांकन भइरहेको छ ।

यसैबीच, सेटबाट एउटा तस्बिर बाहिरिएको छ, जसमा फिल्मको कलाकारहरूसँग थप दुई कलाकारहरू पनि सामेल भएका छन् । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार अभिनेता दिलजीत दोसांझ र सुनील शेट्टीका छोरा अहान शेट्टी पनि फिल्मसँग जोडिएका छन् र फिल्मको छायांकन सुरु गरिसकेका छन् । फिल्ममा वरुण धवनसँगै सिनियर अभिनेता सनी देओल रहेका छन् ।

यो फिल्म अनुराग सिंहले निर्देशन गर्दैछन् र भूषण कुमार, कृष्ण कुमार, जेपी दत्ता र निधि दत्ताले निर्माण गर्दैछन् । बोर्डर २, २३ जनवरी २०२६ मा थिएटरहरूमा रिलिज हुनेछ, जुन गणतन्त्र दिवस सप्ताहन्तमा आउनेछ ।

pratikshya

प्रकाशित: ३ असार २०८२, मंगलवार १५:०३