काठमाडौँ । प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । बैठक शुरु हुना साथ रास्वपाका सांसदहरुले अवरोध गरेका थिए । रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिनको माग गर्दै विरोध गरिरहेको छ ।
आजको बैठकमा रास्वपाका सांसदहरु निलो रिबन लगाएर उपस्थित भएपछि कांग्रेसले आपत्ति जनाएको थियो । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसदमा मर्यादित भएर आउनु पर्ने भन्दै रास्वपाका सांसदहरुले निलो रिबन लगाएर आएको प्रति आपत्ति जनाउदै सचेत गराउन र कारवाही गर्न सभामुखसँग माग गरेका थिए ।
कांग्रेसको आपत्ति पछि सभामुखले ३० मिनेटका लागि आजको बैठक स्थगित गरेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-17
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
