काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत कमल राज गौतमविरुद्ध अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।
आयोगले गौतमले २०५५ देखि २०७९ सालसम्म सार्बजनिक पद धारण गरेको अवधिमा वैध आय भन्दा बढी २ करोड ५१ लाख ७८ हजार ६८७ सम्पति आर्जन गरेको देखिएकोले बुधबार विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।
साथै अख्तियारले गौतमले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती सरला नेपालका नाममा खरिद गरी राखेको भेटिएकोले प्रचलित कानून बमोजिम सो सम्पत्ति जफत गर्ने प्रयोजनका लागि सरला नेपाललाई पनि प्रतिवादी बनाइएको जानकारी दिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-17
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
