काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका छन् ।
तीनकुने घटनाका आरोपी रहेका मिश्र मंगलबार बिहान जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका हुन् । उनको आजै थुनछेक बहस हुने भएको छ ।
मिश्रविरुद्ध तिनकुने घटनामा राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरको आरोप लगाइएको छ ।
तीनकुने घटना भएको चैत १५ कै राति पक्राउ परेका मिश्रलाई सर्वोच्च अदालतले बन्द्रीप्रत्यक्षीकरणको रिटमा जेठ २ गते रिहा गर्न आदेश दिएको थियो । हाजिर जमानीमा रिहा भएका मिश्र सम्पर्कविहीन रहेका थिए ।
तिनकुने घटनामा राप्रपाका महामन्त्री धवलशमशेर राणा सोमबार जिल्ला अदालतमा हाजिर भएका थिए र उनलाई अदालतले ३ लाख धरौटीमा रिहा गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-17
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
