काठमाडौँ । जारी फिफा क्लब विश्वकपमा चेल्सीले विजयी शुरुवात गरेको छ ।
गएराती सम्पन्न खेलमा चेल्सीले लस एन्जलस एफसीलाई २-० गोल अन्तरले पराजित गरेको छ । चेल्सीको जितमा पेड्रो नेटो र इन्जो फेर्नानडेजले एक एक गोल गरेका थिए । नेटोले खेलको ३४औ र फेर्नानडेजले खेलको ७९औ मिनेटमा गोल गरेका थिए ।
यो जितपछि समुह डी मा चेल्सीले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । चेल्सीले अब अर्को खेल जुन २० मा फ्लामेंगोसँग खेल्ने छ भा त्यसपछि जुन २५ मा इएस टुनिससँग खेल्ने तालिका रहेको छ ।
त्यस्तै लस एन्जलसले जुन २१ मा इएस टुनिस र जुन २५ मा फ्लामेंगोसँग खेल्ने तालिका रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-17
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
