प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक अपराहन्न १ बजे बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहित सङ्घघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने ‘सङ्घघीय निजामती सेवा विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

Sudina Shrestha

प्रकाशित: ३ असार २०८२, मंगलवार १०:२६