काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर असार ६ गते हुने भएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले असार ६ गते बस्ने बैठकमा सांसदहरुको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने जानकारी दिएका हुन् ।
प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा हरेक महिनाको पहिलो साता सांसदहरुले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न सोध्ने व्यवस्था गर्ने उल्लेख छ । त्यस्तै, सभामुख घिमिरेले विनियोजन विधेयक, २०८२ माथिको विभिन्न मन्त्रालय एवम् सचिवालय अन्तर्गतका विभिन्न शिर्षकहरूमाथि छलफल गर्न र सम्बन्धित मन्त्रीले आफ्नो मन्त्रालय र सचिवालयसँग सम्बन्धित प्रश्नहरूको उत्तर दिनको लागि असार ५, ६ र ७ गतेका दिनहरू तोकेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-17
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
