
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन् ।
सो प्रस्तावमाथि आज छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको संसद सचिवालयले जनाएको छ । लामो समयपछि सङ्घीय निजामती विधेयक पारित हुन लागेको हो । त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।
Sudina Shrestha
प्रकाशित: ३ असार २०८२, मंगलवार ०८:१६
बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार छ- अर्थमन्त्री पौडेल

नेप्सेमा ३४ अंकको वृद्धि, ९ अर्बको कारोबार

कुलिङ पिरियड हेरफेरको छानबिन संसदीय समितिबाट गर्न सभामुखलाई सिफारिश गर्ने निर्णय

पर्यटन मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ- मन्त्री पाण्डे

हैजा निवारण योजना २०८२-२०८७ सम्बन्धी सरोकारवालाहरुसँगको छलफल सम्पन्न

पर्साबाट स्रोत नखुलेको नगद २८ लाख २७ हजारसहित तीन जना पक्राउ