काठमाण्डौ । स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको हो ।
नेदरल्यान्ड्सले जीतका लागि दिएको एक सय ५३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ५२ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
निक्कै प्रतिस्पर्धात्मक खेलमा पहिलो सुपर ओभरमा नेपालले १९ रन बनायो । जवाफमा नेदरल्यान्ड्सले पनि १९ रन जोड्यो । फेरि खेल दोस्रो सुपर ओभर पुग्यो । दोस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले १७ रन जोड्दा नेपालले जवाफमा १७ रन नै बनाएपछि खेल तेस्रो सुपरमा पुगेर छिनोफानो भयो । तेस्रो सुपर ओभरमा नेपालले ४ बलमा कुनै रन नजोडी २ विकेट गुमायो ।
जवाफमा नेदरल्यान्ड्सका माइकल लेभिटले सन्दीप लामिछानेको पहिलो बलमा नै छक्का प्रहार गरेर टोलीलाई जिताए । त्यसअघि पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ५२ रन बनाएको थियो ।
शृङ्खलाअन्तर्गत आइतवार भएको पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो । नेपालले आफ्नो दोस्रो खेलमा आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-17
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
