काठमाडौं । ललितपुर महानगरपालिकाले सहर क्षेत्रको सडक तथा फुटपाथमा जथाभावी नखन्न स्थानीयलाई आग्रह गरेको छ ।महानगरपालिकाले आज सूचना जारी गर्दै विना स्वीकृति अनाधिकृत रुपमा फुटपाथ र सडकहरुमा खन्ने, फुटाउने तथा उप्काउने कार्य भइरहेको भन्दै त्यसो नगर्न स्थानीयलाई आग्रह गरेको हो ।
यस्तो कार्यले महानगरको सौन्दर्यकरण र वातावरणमासमेत प्रतिकूल असर पर्नुका साथै सवारी दुर्घटनाको जोखिम र पैदल यात्रुलाईसमेत समस्या परेको गुनासो आएको भन्दै महानगरले विना स्वीकृति सडक खन्ने काम भए कारबाही गर्नेसमेत चेतावनी दिएको छ ।
सूचनामा भनिएको छ, ‘नियमअनुसार सहमती लिएर मात्रै सडक तथा फुटपाथ खन्ने कार्य गर्नुहोला । अन्यथा नियमअनुसार कारबाही हुनेछ ।’ महानगरले यस वर्षको वर्षायाम सुरु भएकाले असार, साउन र भदौ (तीन महिना)सम्मको लागि सडक खन्न र फुटपाथ विगार्ने कार्यको स्वीकृतिसमेत रोक्का गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-16
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
