
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले एमाले अध्यक्ष केपी शर्मा ओली भन्दा प्रचण्ड र नारायणकाजी श्रेष्ठमा राजनीतिक चरित्र देखिएको बताएका छन् ।
कालोमोसो दलिएको भोलिपल्ट मंगलवार बिहान पत्रकार सम्मेलन गर्दै प्रसाईँले आफूले जति आलोचना गरे पनि प्रचण्ड र नारायणकाजीले प्रतिक्रिया नजनाएको भन्दै आफुले हजुरबुबा मानेका ओलीमा भन्दा उनीहरुमा राजनीतिक चरित्र भएको दाबी गरेका हुन् ।
उनले भने, ‘हजुर बुबामा राजनीतिक चरित्र देखिएन, बरु प्रचण्ड र नारायणकाजी श्रेष्ठमा राजनीतिक चरित्र देखियो । एमालेले मलाई ठुलो गुन लगायो । नेता बनायो । ट्रेडमार्क बनायो । एमालेसँग प्रतिस्पर्धा गर्ने दुर्गा प्रसाईं हो भन्ने ठान्यो । त्यसपछि कालोमोसो दल्यो ।’
उनले खेल अब शुरु भएको भन्दै महेश बस्नेतलाई धन्यवाद दिए । प्रसाईँले १८/२० जना मारवाडीको हातमा देशको अर्थतन्त्र गइसकेको भन्दै अब केही वर्षभित्रै यो देशको सत्ता पनि मारवाडीकै हातमा जाने दाबी गरे ।
उनले देश लुट्ने मारवाडीको विरोध गर्दा आफूमाथि आक्रमण भएको बताए । उनले देश बचाउन मूलधारका मिडियाले नसक्ने भन्दै युट्युबरको हातमा देश जोगाउने जिम्मेवारी आएको समेत टिप्पणी गरे ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २३ आश्विन २०८०, मंगलवार १२:४०
कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

राजावादीद्वारा अनिश्चितकालीन जनआन्दोलनको घोषणा

जिल्ला अस्पताल धनकुटामा डायलाइसिस सेवा सुरु

नेप्सेमा उच्च अंककाे वृद्धि, कारोबार रकम साढे १० अर्बमाथि

७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान भारततर्फ प्रस्थान
