काठमाडौं । राप्रपाका महामन्त्री धवलशम्शेर जबरा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । सोमबार बिहान राणा अदालतमा हाजिर भएका हुन् ।
गत चैत्र १५ गते तिनकुनेमा भएको राजावादी आन्दोलनको क्रममा भएको घट्नामा पक्राउ परी हाजिरी जमानीमा छुटेका थिए ।
चैत्र १५ गते राति पक्राउ परेका राणा गत बैशाख ७ गते हाजिर जमानीमा छुटेका थिए । तर, प्रहरीले मुद्दा दर्ता गराउँदा भने उनी सम्पर्कमा थिएनन् । प्रहरीले उनीहरुको नाममा पूनः पक्राउ पुर्जी जारी गर्ने तयारी भएका बेला अदालतमा हाजिर भएका छन् ।
त्यस्तै बन्दी प्रत्यक्षीकरणको रिटमार्फत रिहा भएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने अझै सम्पर्कविहिन रहेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-16
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
