रास्वपासँग सभामुखको छलफल

काठमाडौँ । सभामुखले आज बिहान सरकारी निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग भेट गरेका छन् ।

भेटमा सभामुखले दुई सातादेखि विपक्षीको अवरोधले संसद बन्धक भयो । बजेटबारे ब्यापक छलफल गर्नुपर्ने, समृद्ध बनाउने बेला संसद अबरूद्ध हुँदा जनतामा गलत सन्देश गएको बताएका थिए ।

सभामुखले विपक्षीले उठाएका मुद्दा गम्भीर रहेकाले दुई सातासम्म संसदलाई सहमतिका लागि रोकेको बताउदै अब संसद रोक्ने अवस्था नरहेको बताएका थिए । 

सभामुखले भनेका थिए- ‘संसदको नेतृत्वका हिसाबले मैले संवैधानिक सीमालाई पनि ख्याल गर्नुपर्दछ । राष्ट्रिय सभाले ५ गतेभित्र प्रतिनिधिसभाबाट विनियोजन विधेयक पठाउन भनेको छ । यस्तो अवस्थामा जुनसुकै हालतमा बजेट पारित गर्नैपर्दछ । तपाईंहरूले आफ्नो आन्दोलनको स्वरुप बदलेर पनि संवैधानिक सीमा र बाध्यता बुझ्नुपर्छ । बरू सरकारसँग संवादका लागि आवश्यक सहजीकरण म गर्नेछु । गम्भीर भएर छलफल गरौं । 

त्यस्तै भेटमा अर्यालले विपक्षीले उठाएका माग गम्भीर रहेको भन्दै जनताको वास्वविक समस्या उठाएको बताएको थिए ।  उनले भनेका थिए- ‘हाम्रा माग र मुद्दामा सरकार गम्भीर नभएकाले संसद अबरोध बाध्यात्मक भएको हो । अहिलेकै अवस्थामा हामी मुद्दाबाट पछाडि फर्कन सक्ने अवस्थामा छैनौं । तथापि हामी अहिलेको निकासका लागि छलफल र संवादमा नै छौं ।’

Sudina Shrestha

प्रकाशित: २ असार २०८२, सोमबार ११:१०