काठमाडौं । सुर्खेतमा टिपरले गाडीलाई ठक्कर दिँदा ९ जना घाइते भएका छन् । आज बिहान सुर्खेतबाट दाङ आउँदै गरेको फोर्स गाडीलाई भेरीगंगा नगरपालिका–२ भेरीपुल नजिक क.प्र.०२००१ क.००३७ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
दुर्घटनामा गाडीमा सवार चालकसहित ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जसमा चालक सुर्खेतको बिरेन्द्रनगर नगरपालिका– १२ का २९ वर्षीय कमल रजाको खुट्टा भाँचिएको छ।
अन्य घाइतेहरूमा ३२ वर्षीय भुवन चौधरी, ३२ वर्षीया सरिता गरङ्जा, ५० वर्षीय हेमराज बुढाथोकी, २५ वर्षीय बहादुर विश्वकर्मा लगायत छन् । उनीहरूलाई उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ । गाडीलाई ठक्कर दिएपछि टिपरका चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-16
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
