काठमाडौं । त्रिदेशीय टी–२०आई शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल स्कटल्याण्डको ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।
नेपाल र नेदरल्याण्ड्सबीच हालसम्म भएका टी–२०आई खेलहरूमा ७ खेल नेदरल्याण्ड्सले र ५ खेल नेपालले जितेको छ । १ खेल भने नतिजाविहीन छ । पछिल्लोपटक नेपाल र नेदरल्याण्ड्स सन् २०२४ जुनमा आईसीसी टी–२० विश्वकपको खेलमा भिडेका थिए जहाँ नेदरल्याण्ड्स विजयी भएको थियो ।
त्यसअघि मार्चमा कीर्तिपुरमा भएको त्रिदेशीय शृंखलाको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो । फाइनलअघि भएको २ खेलमा भने दुवै टोलीले १–१ जित निकाले ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-16
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
