काठमाडौँ । फिफाले तय गरेको नयाँ फर्म्याटको क्लब विश्वकप आज देखि शुरु हुदैछ ।
फिफा क्लब विश्वकपको उद्घाटन खेलमा इन्टर मियामी र इजिप्टको क्लब अल अहलीबीच हुने छ । यो खेल नेपाली समय अनुसार आज बिहान ५: ४५ बजेदेखि शुरु हुदैछ ।
जुलाई १३ सम्म अमेरिकामा हुने फिफा क्लब विश्वकप मा ३२ क्लबले भाग लिदैछन् । ६ कन्फेडेरेसनका ३२ क्लबलाई ८ समुहमा विभाजित गरिएको छ ।
आयोजकको रुपमा अमेरिकन क्लब इन्टर मियामी रहेको छ भने एशियाबाट चार क्लब अल हिलाल, उर्वा रेड डायमण्डस, अल एन र उल्सन एचडी रहेका छन् । त्यस्तै अफ्रिकाबाट अल अहली, विडाड एसी, एसपेरेन्स डे टुनिस, मामेलोड़ी सनडाउन्स रहेका छन् । अमेरिका र क्यारेबियन क्षेत्रबाट मोन्टेरे, सीटल्स सन्डर्स एफसी, पाचुका र लस एन्जल्स एफसी रहेका छन् । दक्षिण अमेरिकी क्षेत्रबाट पाल्मेरियाज, फ्लामेन्गो, फ्लुमिनेन्स, बोटाफोगो, रिभर प्लेट, बोका जुनियर्स रहेका छन् । त्यस्तै ओसियाना क्षेत्रबाट अकल्याण्ड सिटी रहेको छ । त्यसैगरी युइएफएबाट १२ क्लब फिफा क्लब विश्वकप खेल्दै छन् । जसमा चेल्सी, रियल म्याड्रिड, म्यानचेस्टर सिटी, बायर्न म्युनिख, पिएसजी, इन्टर मिलान, पोर्टो, बेनिफिका, बोरुसिया डोर्टमण्ड, युभेन्टस, एटलेटिको म्याड्रिड र रेड बुल साल्जबर्ग रहेका छन् ।
३२ क्लबलाई ८ समुहमा विभाजन गरिएको छ । जसमा समुह ए मा इन्टर मियामी, पाल्मेइराज, पोर्टो र अल अहली रहेका छन् भने समुह बी मा पिएसजी, एटलेटीको म्याड्रिड, वोटाफोगो र सीटल सन्डर्स एफसी रहेका छन् । त्यस्तै समुह सी मा बायर्न म्युनिख, अकल्याण्ड सिटी, बोका जुनियर्स र बेनिफिका रहेका छन् भने समुह डी मा फ्लामेन्गो, एसपेरेन्स डे टुनिस, चेल्सी र लस एन्जल्स एफसी रहेका छन् । त्यसैगरी समुह ई मा रिभर प्लेट, उर्वा रेड डायमण्डस, मोंटेरे र इन्टर मिलान रहेका छन् भने समुह एफमा फ्लुमिनेन्स, बोरुसिया डोर्टमण्ड, उल्सान एचडी र मामेलोडी सनडाउन्स रहेका छन् । त्यसैगरी समुह जी मा म्यानचेस्टर सिटी, वीडाड एसी, अल ऐन र युभेन्टस रहेका छन् भने समुह एचमा रियल म्याड्रिड, अल हिलाल, पचुका र रेड बुल साल्जबर्ग रहेका छन् ।
समुह चरणको खेलपछि हरेक समुहका शिर्ष दुई क्लब राउण्ड १६ मा पुग्ने छन् र त्यसपछि नकआउट चरण शुरु हुने छ ।
फिफा क्लब विश्वकपको फाइनल खेल जुलाई १३ मा हुने छ । फिफाले क्लब विश्वकपका लागि कुल पुरस्कार रकम एक बिलियन डलर छुट्ट्याएको छ । प्रतियोगिताको विजेताले बढीमा १२५ मिलियन पाउने फिफाले बताएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-15
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
