काठमाडौँ इरानको आक्रमणमा इजरायलमा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
द इजरायल टाइम्सका अनुसार इरानको आक्रमणमा २०० भन्दा बढी घाइते भएका छन् । त्यस्तै हाल ३५ जनाको अवस्था अज्ञात रहेको छ । मृत्यु हुनेमा एक ८ बर्षिय बालिका समेत रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
इरानले आवासीय क्षेत्रमा गएको मिसाइल आक्रमणले कैयौं घरहरु ध्वस्त भएका छन् । इरानले प्रहार गरेका मिसाइललाई इजरायलको आइरन डोम सिस्टमले समेत रोक्न नसकेको भन्दै आश्चर्य व्यक्त गरिएको छ ।
शुक्रबार विहान इजरायलले इरानमाथि आक्रमण गरेर शुरु भएको यो युद्ध अब दोहोरो आक्रमणमा परिणत भएको छ । इजरायलको आक्रमणमा इरानको सेनाका उच्च अधिकारी र ९ जना आणविक वैज्ञानिकको मृत्यु भएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-15
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
