विराटनगर । मोरङस्थित पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइका दुर्घटना हुँदा प्रहरी सहायक हवलदारको मृत्यु भएको छ ।
बेलबारी नगरपालिका–४ घर भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवलदार जितेन्द्र चौधरीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मोहनविक्रम दाहालले जानकारी दिए । उनका अनुसार पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका–७ डाँसमोरङ्गी पुल नजिकैको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
शनिबार साँझ ८ः०० बजे पथरीबाट कानेपोखरीतर्फ जाँदै गरेको प्र १–०२–०४३प २४७१ नम्बरको मोटरसाइकलमा चौधरी श्रीमती र छोरीसहित घर फर्किंदै गर्दा दुर्घटनामा परेका हुन् । दुर्घटनामा चौधरीकी श्रीमती विमला धिमाल र दुई वर्षीया छोरी जेसन पनि घाइते भएका छन् । उनीहरू दुवैको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ । विमला जितेन्द्रसँगै प्रहरी चौकी जमुनामा कार्यरत प्रहरी जवान हुन् । मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-15
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
