काठमाडौं, टिबी शाह स्मृति यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले हात पारेको छ। सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन भएको १६ वर्षमुनिको टिबी शाह स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेश विजयी भएको हो।
आज सम्पन्न फाइनल खेलमा मधेशले बागमतीलाई सात विकेटले हराउँदै उपाधि हात पारेको हो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सबै विकेट गुमाउँदै ११२ रन बनाएको हो । उसका लागि सूर्यांशु कोइरालाले सात बलमा १० रन जोड्दा ४० बलमा प्रसिद्ध जैसी २५ रन जोडेका हुन् ।अभि थपलियाले २३ बलमा चार रन जोड्नुका साथै जोय थापा छ र शिवशक्ति महतो दुई रनमा आउट भए । त्यसैगरी, रोहित ठाकुरले ४६ बलमा २२ र आशीष गुप्ताले १७ रन जोडेका छन् । बागमतीले यो खेलमा अतिरिक्त २१ रन पाएको छ ।
जवाफी ब्याटिङमा उत्रिएको मधेशका लागि ओपनर आयान मुखियाले ३३ बलमा नटआउट रहँदै २२ र सन्तु मण्डलले २२ बलमा ४३ रन जोडेका छन् । सुशान्त सिंहले १५ बलमा १२ रन, परिमार्जन यादवले चार रन, माही यादवले चार रन जोडेका छन् ।कर्णालीमा जारी राष्ट्रियस्तरको उक्त क्रिकेट प्रतियोगितामा प्रथम हुने मधेश प्रदेशलाई नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले रु एक लाख २५ हजार राशिको पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा ‘प्लेयर अफ दी फाइनल’ मधेशका रोहन यादव, ‘बेष्ट बलर’ मधेशका अभय यादव, ‘बेष्ट ब्याटर’ र ‘प्लेयर अफ दी टुर्नामेन्ट’ लुम्बिनी प्रदेशका रौनक श्रीवास्तव हुनुभएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को मुख्य आयोजना, कर्णाली प्रादेशिक क्रिकेट सङ्घको सहआयोजना तथा सुर्खेत जिल्ला क्रिकेट सङ्घको व्यवस्थापनमा खेल सम्पन्न भएको कर्णाली प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष पदमबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ १९ गतेदेखि वीरेन्द्रनगरमा सञ्चालित प्रतियोगितामा सात प्रदेशका टोलीको सहभागिता थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-14
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
