काठमाडौं । काठमाडौं महानगरपालिकाका अघिल्ला प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार परियारसहित सातजनाविरुद्ध मुद्दा दायर गरेको हो ।
परियार २०८० माघ ५ गतेदेखि ०८१ भदौ २७ गतेसम्म काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत रहेका थिए । अख्तियारले परियारविरुद्ध दायर गरेको भ्रष्टाचार मुद्दाको आरोप पत्रमा ‘सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको’ दाबी गरेको छ । जुन उनी काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमै रहँदाको हो।
‘काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरा देखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा भ्रष्टाचार गरेको’ उजुरी निवेदनका आधारमा अनुसन्धान गरेको अख्तियारले जनाएको छ।
सोही ठेक्कामा मिलेमतो गरेको भन्दै परियारसहित बोलपत्र मूल्याङ्कन समितिका पदाधिकारीहरू चार जना निर्देशक रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य र नमराज ढकाल, इन्जिनियर जनार्दन गिरी र खरिद एकाईका सहायक निर्देशक उत्तम दाहाललाई अख्तियारले मुद्दा लगाएको छ।
परियारसहित सातै जनालाई अख्तियारले ‘मिलेमतो तथा बदनियत’मा ठेक्काको खरिद प्रक्रिया’ सञ्चालन गरेको आरोप लगाएको छ। अख्तियारले सार्वजनिक गरेको विवरणअनुसार ‘सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरा देखि म्हेपीसम्मको ढल निर्माण’ ठेक्कामा सबैभन्दा कम रकममा कामको प्रस्ताव गर्ने कम्पनीलाई आयोग्य करार गरेर चार करोड बढी रकम कबोल गर्नेसँग सम्झौता गरेको विषयलाई प्रमुख आधारको रुपमा लिएको छ।
अख्तियारको अभियोजन पत्रअनुसार उक्त निर्माण कार्यको टेन्डरमा सबैभन्दा कम १८ करोड नौ लाख २२ हजार ३२५ रुपैयाँ पैसा ६३ मा काम गर्नेगरी समानन्तर सेवा प्रालिले प्रस्ताव गरेको देखिन्छ। जसलाई बोलपत्र मूल्याङ्कन समितिले अयोग्य ठहर गरेर २२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँ ९५ पैसा कबोल गर्ने कल्पवृक्ष–कोहिनुर जेभिसँग ठेक्का सम्झौता गरेको देखिन्छ।
जसमा चार करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ ३२ पैसा बराबरको रकम महानगर/सार्वजनिक संस्थाको सम्पत्तिको बदनियतपूर्वक हानिनोक्सानी गरेको तथ्य देखिएको अख्तियारले ठहर गरेको छ। यही फरक परेको चार करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ ३२ पैसा रकम बिगो कायम गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-12
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
