डा .विनय दाहाल र मुक्ता पान्डेको गीत ‘सहीछाप सार्वजनिक

काठमाडौँ, मुक्ता एन्ड विनय कृयसनको पहिलो प्रस्तुति रोमान्टिक डान्सिङ गीत ‘सहीछाप ‘सार्वजनिक भएको छ। डा .विनय दाहाल र मुक्ता पान्डेको युगल स्वरमा रहेको गीतमा गीतकार डिपी खनालको शब्दरचना र देवेन्द्र बरालको संगीत रहेको छ। गीतलाई विश्व अधिकारीले एरेन्ज गरेका हुन।

पछिल्लो समयका हिट म्युजिक भिडियो जोडी सुरेश कोहली र सजना गुरुङको अभिनय रहेको भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी र मनोज कार्कीको सम्पादन रहेको छ। भिडियोलाई चर्चित निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन। लामो समय देखि अमेरिकामा रहेर पेशाले चिकित्सक रहेका डा. विनय र पेशाले अधिबक्ता रहेकी मुक्ता गीत गायनमा पनि उत्तिकै अब्बल बन्ने कोसिसमा रहेका छन् । यसअघि मुक्ता पान्डेद्वारा गाइएको धेरै कभर गीतहरुलाई सामाजिक संजाल फेसबुकमा धेरै रुचाईएको थियो। ‘सहीछाप ‘ गीतलाई पनि यसअघिका कभर गीतहरु जस्तै दर्शकले मन पराउनेमा मुक्ता बिस्वस्त रहेकी छिन।

<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/eGXvOAKN7F8?si=wHVZYsMNE4YIgI9m” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” referrerpolicy=”strict-origin-when-cross-origin” allowfullscreen></iframe>

रातो चन्द्रसुर्य डेस्क

प्रकाशित: २९ जेष्ठ २०८२, बुधबार १८:५९