
काठमाण्डौ । एएफसी एशियन कप २०२७ को छनोटअन्तर्गत समूह ‘एफ’ को आफ्नो दोस्रो खेलमा नेपाल लाओससँग पहिलो पटक पराजित भएको छ । न्यु लाओस नेशनल स्टेडियममा भएको खेलमा नेपाल लाओससँग २–१ गोलले पराजित भएको हो ।
लाओसका दमोथ थोङखामसभाटले खेलको १३औं र पिटर फाङथाभोङले ४९औं मिनेटमा गोल गरे । नेपालका मनिष डाँगीले खेलको ७१औं मिनेटमा गोल गरे ।
यसअघिका ६ भेटमा नेपाल ३ खेलमा विजयी हुँदा ३ खेल बराबरीमा सकिएको थियो । यो हारले नेपाल तेस्रो चरणको छनोटको समूह ‘एफ’ मा २ खेलमा अङ्कविहीन हुँदै पुछारमा छ । नेपाल आफ्नो पहिलो खेलमा मलेशियासँग पनि हारेको थियो । यो समूहमा नेपाल, लाओस, मलेशिया र भियतनाम छन् ।
Sudina Shrestha
प्रकाशित: २९ जेष्ठ २०८२, बुधबार ०९:११
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
