काठमाण्डौ । एएफसी एशियन कप २०२७ को छनोटअन्तर्गत समूह ‘एफ’ को आफ्नो दोस्रो खेलमा नेपाल लाओससँग पहिलो पटक पराजित भएको छ । न्यु लाओस नेशनल स्टेडियममा भएको खेलमा नेपाल लाओससँग २–१ गोलले पराजित भएको हो ।
लाओसका दमोथ थोङखामसभाटले खेलको १३औं र पिटर फाङथाभोङले ४९औं मिनेटमा गोल गरे । नेपालका मनिष डाँगीले खेलको ७१औं मिनेटमा गोल गरे ।
यसअघिका ६ भेटमा नेपाल ३ खेलमा विजयी हुँदा ३ खेल बराबरीमा सकिएको थियो । यो हारले नेपाल तेस्रो चरणको छनोटको समूह ‘एफ’ मा २ खेलमा अङ्कविहीन हुँदै पुछारमा छ । नेपाल आफ्नो पहिलो खेलमा मलेशियासँग पनि हारेको थियो । यो समूहमा नेपाल, लाओस, मलेशिया र भियतनाम छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-11
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
