काठमाण्डौ । देशभर केही दिनदेखि सताइरहेको अत्यधिक गर्मीबाट आजदेखि क्रमशः राहत मिल्ने मौसमविद्ले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि देशका धेरैजसो भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र तापक्रम घट्दै जाने छ ।
पछिल्लो केही दिनदेखि तराईलगायत देशका धेरैजसो ठाउँमा तापक्रम उच्च रहेकाले जनजीवन कष्टकर बनेको थियो । तर आजदेखि बादल लाग्ने र केही ठाउँमा वर्षाको सम्भावना रहेकाले गर्मीमा केही राहत महसूस हुने मौसमविद् प्रतिभा मानन्धरले बताएका छन् ।
अहिले कोशी प्रदेशका धेरैजसो ठाउँमा मनसुन फैलिएको भए पनि त्यो अझै पूर्ण सक्रिय भएको छैन । महाशाखाले देशभर मनसुन फैलिन अझै ५ देखि ७ दिन लाग्न सक्ने अनुमान गरेको छ ।
बङ्गालको खाडीमा न्यून चापीय क्षेत्र बनेकाले कोशी प्रदेशमा आइसकेको मनसुन भने आज बेलुकादेखि नै सक्रिय बन्न थालेर बिस्तारै पश्चिमतर्फ सर्न थाल्नेछ । आइतवारदेखि पहाडी क्षेत्रमा रोपाइँका लागि वर्षा हुने पूर्वानुमान महाशाखाको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-11
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
