काठमाण्डौ । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले नेदरल्यान्ड्सलाई हराएको छ । स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा गएराति सकिएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले हरायो ।
नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९ ओभर २ बलमा २ सय २० रन बनाउँदा अलआउट भयो । नेदरल्यान्ड्सका वेस्ले बरेसीले सबैभन्दा धेरै ३६ रन बनाए । नेपालका नन्दन यादव र सन्दीप लामिछानेले ३÷३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । नेपालका आरिफ शेखले ८४ रन बनाए । नेदरल्यान्ड्सका पउल भान मीकेरेनले ४ विकेट लिए ।
योसँगै नेपालले लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो चौथौ चरणमा ४ मध्ये ३ खेल जितेको छ । नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको थियो । तेस्रो खेलमा भने नेपाल स्कटल्यान्डसँग २ रनले पराजित भएको थियो ।
नेपालले लिग–२ को तालिकामा १६ खेलमा १२ अङ्क जोड्दै सातौं स्थानमा छ । यस्तै नेदरल्यान्ड्स दोस्रो र स्कटल्यान्ड तेस्रो स्थानमा छ । लिग–२ को शीर्ष स्थानमा अमेरिका छ । अब नेपाल, घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच आउँदो आइतवारदेखि टी–२० अन्तर्राष्ट्रिय शृङ्खला शुरू हुनेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-11
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
