काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बैंकबाट प्रवाह हुने ऋण प्रक्रियामा सहजीकरण दिने भनी घुस लिएको आरोपमा आयोगले अधिकारीलाई तीन वटा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार अधिकारीले तीन वटा फरक फरक व्यापारिक समूहलाई बैङ्कबाट ऋण प्रवाहमा सहजीकरण गरिदिएबापत घुस लिएका थिए । अध्यक्ष अधिकारीसमेतको संलग्नतामा रुपन्देही सिद्धार्थनगर–१, बेलहियामा भुसाल हस्पिटालिटी अन्तर्गतको र्याडिसन प्रोजेक्टलाई एक अर्ब ७७ करोड २९ लाख ८६ हजार ७६७ रुपियाँ ऋण प्रवाहमा सहजीकरण गरिदिएबापत १९ लाख रुपियाँ घुस लिएको आरोप छ ।
आयोगले २०८१ माघ २३ गते घुसबापत लिएर सटही गरेको चेकको विवरण, ट्रान्सफर गरिएको रकमको विवरणसमेतका कागजात अधिकारीको घरबाट बरामद गरेको थियो ।
त्यस्तै तनहुँको आँबुखैरेनीमा रहेको अकलादेवी टे«डर्सलाई २५ करोड रुपियाँ ऋण दिलाइदिएबापत ५० लाख रुपियाँ घुस लिएको आरोपमा दोस्रो मुद्दा दायर भएको छ । त्यस्तै काठमाडौँ महानगरपालिका–३२ मा रहेको हिमाल–तराई कन्स्ट्रक्सनलाई पनि ऋण प्रवाह गरिदिन्छु भन्दै पाँच लाख रुपियाँ घुस लिएको आरोपमा तेस्रो मुद्दा दायर भएको छ ।
आयोगले अधिकारीसहित यस कार्यमा संलग्न विभिन्न व्यक्तिलाई घुस लिएबापतको रकमबराबर बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-10
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
