
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बैंकबाट प्रवाह हुने ऋण प्रक्रियामा सहजीकरण दिने भनी घुस लिएको आरोपमा आयोगले अधिकारीलाई तीन वटा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार अधिकारीले तीन वटा फरक फरक व्यापारिक समूहलाई बैङ्कबाट ऋण प्रवाहमा सहजीकरण गरिदिएबापत घुस लिएका थिए । अध्यक्ष अधिकारीसमेतको संलग्नतामा रुपन्देही सिद्धार्थनगर–१, बेलहियामा भुसाल हस्पिटालिटी अन्तर्गतको र्याडिसन प्रोजेक्टलाई एक अर्ब ७७ करोड २९ लाख ८६ हजार ७६७ रुपियाँ ऋण प्रवाहमा सहजीकरण गरिदिएबापत १९ लाख रुपियाँ घुस लिएको आरोप छ ।
आयोगले २०८१ माघ २३ गते घुसबापत लिएर सटही गरेको चेकको विवरण, ट्रान्सफर गरिएको रकमको विवरणसमेतका कागजात अधिकारीको घरबाट बरामद गरेको थियो ।
त्यस्तै तनहुँको आँबुखैरेनीमा रहेको अकलादेवी टे«डर्सलाई २५ करोड रुपियाँ ऋण दिलाइदिएबापत ५० लाख रुपियाँ घुस लिएको आरोपमा दोस्रो मुद्दा दायर भएको छ । त्यस्तै काठमाडौँ महानगरपालिका–३२ मा रहेको हिमाल–तराई कन्स्ट्रक्सनलाई पनि ऋण प्रवाह गरिदिन्छु भन्दै पाँच लाख रुपियाँ घुस लिएको आरोपमा तेस्रो मुद्दा दायर भएको छ ।
आयोगले अधिकारीसहित यस कार्यमा संलग्न विभिन्न व्यक्तिलाई घुस लिएबापतको रकमबराबर बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरेको छ ।
Sudina Shrestha
प्रकाशित: २८ जेष्ठ २०८२, मंगलवार १०:२५
‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौं नम्बरमा नेपाल

एएफसी युमन्स एसिया कप क्वालिफायर्समा आज नेपाल र श्रीलंका खेल्दै

तीन पार्टीलाई ८४ सम्म उठ्नै नसक्ने गरी घायल बनाउनुपर्छः सागर ढकाल

संघीय संसदका पाँच समितिको बैठक बस्दै

फिफा क्लब विश्वकपः यी हुन् क्वाटरफाइनलमा पुग्ने ८ क्लब

नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?
