काठमाण्डौ । यूईएफए नेसन्स लिगको उपाधि पोर्चुगलले जितेको छ । जर्मनीको म्युनिखमा आज बिहान भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ५-३ गोलले पराजित गर्दै पोर्चुगलले उपाधि जितेको हो ।
योसँगै पोर्चुगलले दोस्रो पटक नेसन्स लिगको उपाधि जित्ने पहिलो टोली बनेको छ । निर्धारित समयमा दुवै टोलीबाट २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो र नुनो मेन्डिसले समान एक गोल गरे । यस्तै स्पेनका मार्टिन जुबीमेन्डी र माइकल ओयारजाबलले समान एक गोल गरे ।
त्यसअघि फ्रान्सले नेसन्स लिगको सान्त्वना जीत हात पारेको छ । राति तेश्रो स्थानका लागि भएको खेलमा फ्रान्सले घरेलु टोली जर्मनीलाई २–० गोलले हरायो । फ्रान्सका लागि कप्तान किलियन एमबाप्पे र माइकल ओलिजेले समान एक गोल गरे ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-09
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
