
काठमाडौं । अमेरिकाले थप ४० नेपालीलाई डिपोट गरेको छ । उनीहरुलाई आज चार्टर्ड विमानमार्फत् नेपाल पठाउँदैछ । डिपोट गरिएका नेपालीहरु सवार चार्टर्ड विमान आज ४ः १५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
अध्यागमन कार्यालयका अनुसार सुरुमा ४८ जना नेपालीलाई डिपोर्ट गर्ने तयारी गरिएको थियो । तर, पछि केही नेपालीहरु रोकिएको बताइएको छ ।
डिपोर्ट भएर आज काठमाडौं अवतरण गर्न लागेका नेपालीहरुलाई भने के कारणले डिपोर्ट गरिएको हो भन्ने व्यवहोरा पत्रमा स्पष्ट खुलेको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता एवम् बरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले आज आउन लागेका नेपालीहरु अमेरिकाको इमिग्रेसन कानुन उल्लंघन गरेकाले डिपोर्ट गरिएको भन्ने व्यहोराको पत्र अध्यागमनलाई प्राप्त भएको छ । अरु कुनै कारण पत्रमा लेखिएको छैन ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिकी सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरुकै देश फर्काइरहेको छ ।
ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेयता हालसम्म १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ । डिपोर्ट हुनेहरुमा दलाललाई मोटो रकम बुझाएर अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरु रहेको बताइएको छ ।
Sudina Shrestha
प्रकाशित: २६ जेष्ठ २०८२, आईतवार १०:१३
Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै

काँग्रेसको पदाधिकारी बैठक बस्दै, मन्त्रीहरु पनि सहभागी हुने
