
जनकपुरधाम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राजावादीहरूले गरेको आन्दोलनको कुनै अर्थ नरहेको बताएका छन् । जनकपुरधामस्थित विमानस्थलमा आज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति देउवाले भने– “राजतन्त्र कहिल्यै आउँदैन, त्यसको पक्षमा आन्दोलन गर्नु बेकार हो ।”
वर्तमान गठबन्धनको सरकारले आफ्नो पार्र्टीको सहमतिअनुसार कार्य गरिरहेको उल्लेख गर्दै सभापति देउवाले अहिलेको सरकारले ल्याएको बजेटले सबै पक्षलाई समेटेको तथा सन्तुलित भएको बताए । कांग्रेस र एमाले सम्मिलित वर्तमान सरकार आगामी निर्वाचन २०८४ सालसम्म कायम रहने र जथाभाबी हल्लाको पछाडि नलाग्न उनले सबैलाई आग्रह गरे ।
नेपाली कांग्रेसका नेता ठाकुरप्रसाद ढुङगानाको आज धनुषाधाममा आयोजित ६२औं स्मृतिसभा, शालिक अनावरण र उनका बारेमा लेखिएको पुस्तकको विमोचनसहितका कार्यक्रममा सहभागी हुन सभापति देउवा आज जनकपुरधाम आएका हुन् । ।
Sudina Shrestha
प्रकाशित: २४ जेष्ठ २०८२, शुक्रबार ०९:१९
Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै

काँग्रेसको पदाधिकारी बैठक बस्दै, मन्त्रीहरु पनि सहभागी हुने
