काठमाडौँ । सिजन सुरु नहुँदै पाकेको आँप बजारमा बिक्री हुन थालेको छ । नेपाली आँप असार लागेपछि मात्र तयार हुने भए पनि केमिकल ९कार्बाइड० प्रयोग गरी पकाइएको आँप होलसेलर हुँदै खुद्रा व्यापारीमार्फत घरघरमा पुगिरहेको छ । कार्बाइडले आँपलाई स्वास्थ्यका लागि हानिकारक बनाइदिन्छ । त्यसैले बजारबाट आँप किन्दा सावधानी अपनाउन विज्ञहरूको सुझाव छ । सिजनमा प्राकृतिक रूपमा पाकेको फलफूल मात्र खान स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन् ।

कार्बाइडले पकाएको फलफूल खाँदा पेट दुख्ने, बान्ता हुने, पखाला लाग्नेजस्ता सामान्य समस्यादेखि फोक्सो, मुटु, मिर्गौलाको स्वास्थ्यमा समेत घातक असर पर्छ । राम्रो मूल्य आएको भन्दै किसानले व्यापारीलाई आँप बेचिरहेको पाइएको छ । यस्तो आँप स्वादिलो नहुने र पोषक तत्त्व पनि नपाइने जानकारहरू बताउँछन् ।

राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार नेपालमा अगौटे जातको आँप पाक्ने स्वाभाविक समय अझै भइसकेको छैन । असार लागेपछि मात्र यो आँप बजारमा आइपुग्छ । तर बजारमा भने बिक्री हुन थालेको धेरै भइसक्यो ।यही साता धनगढी उपमहानगरले विषादी प्रयोग गरिएको २ हजार २७६ किलो आँप नष्ट गरेको थियो । काठमाडौँमा भने यसको प्रभावकारी अनुगमन भएको छैन ।
काठमाडौँ महानगरपालिकाले यसै साता कालीमाटी तरकारी तथा फलफूल बजारमा विषादी परीक्षण गरेको थियो । त्यसमा तरकारीसँगै लिचीको विषादी परीक्षण भएको थियो । लिचीमा भने विषादी पाइएको थिएन ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-05
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
यातायातका काम साउन ८ गतेपछि मात्र हुने
