
दाङ । दाङको तुलसीपुरमा दुई किशोरबीच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ । उनीहरुबीच फेसबुकमा भनाभन भएपछि भेटेपछि कुटाकुट भएको थियो ।
कुटाकुटपछि घाइते भएका १५ वर्षीय बिराज गिरीको उपचारका क्रममा आज बिहान बाँकेको नेपालगन्जस्थित नर्सिङहोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानामगरले जानकारी दिए । रुकुम पश्चिमको बाफीकोट गाउँपालिकाका गिरी अध्ययनका लागि दाङको तुलसीपुर उपमहानगरपालिका– ८ दुधेनामा डेरामा बस्दै आएका थिए । जेठ १९ गते साढे ५ बजेतिर विद्यालयबाट घर फर्किँदै गरेका १५ वर्षीय यज्ञ वली र गिरीबीच तुलसीपुर– ९ बेलुवामा कुटाकुट भएको प्रहरीले जनाएको छ । प्रहरी हिरासतमा रहेका वलीका अनुसार सुरुमा गिरीले उनीमाथि कुटपिट गरेका थिए । त्यसपछि आफूले पनि गिरीलाई मुक्का प्रहार गरेको प्रहरीलाई बयान दिएका छन् ।
प्रहरीका अनुसार कुटाकुटपछि उनीहरु दुबैजना सँगै नजिकैको स्कुलको क्यान्टिनमा गइ पानी पिएका थिए । पानी पिएपछि गिरी एकाएक ढलेका थिए । मुक्का प्रहारबाट गिरीको टाउकोमा भित्री चोट लागेपछि अचेत भएको हुनसक्ने प्रहरीको आकलन छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई नेपालगन्ज नर्सिङ होममा पठाइएको थियो । त्यहाँ उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । त्यही क्रममा बिहीबार आज बिहान पौने ३ बजेतिर गिरीको मृत्यु भएको प्रहरीले बताएको छ ।
उनीहरू श्री माध्यमिक विद्यालय दोघरेमा अध्ययरत थिए । गिरीलाई कुटपिट गर्ने यज्ञ वली प्रहरी नियन्त्रणमा छन् । प्रहरीका अनुसार उनीहरुबीच सामाजिक सञ्जाल फेसबुकमा आपसमा गालीगलौज भएको थियो । त्यसपछि भेट हुँदा उनीहरुबीच विवाद हुँदा कुटाकुट भएको प्रहरीले जनाएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २३ जेष्ठ २०८२, बिहीबार ०९:४९
‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा

विशेष अदालतद्वारा पूर्वसचिवसहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
