काठमाण्डौ । आईसीसी क्रिकेट विश्वकप लिग–२ को खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको छ । स्कटल्यान्डको डुन्डीमा भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको हो ।
नेदरल्यान्ड्सले दिएको २ सय २६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालका आरिफ शेखले सर्वाधिक ७८ रन बनाए । उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए । यस्तै दीपेन्द्र सिंह ऐरीले ३८ रन जोडे । नेदरल्यान्ड्सका माइकल लेभिटले २ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले २ सय २५ रन बनाएको थियो । स्कटल्यान्ड नोहा कोर्सले ४८ रन बनाए । नेपालका लागि सोमपाल कामीले ३ तथा करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान २ विकेट लिए । नेपालले अब अर्को खेल यही जेठ २५ गते स्कटल्याण्ड र २७ गते फेरि नेदरल्यान्ड्ससँग खेल्नेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-05
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
