एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर गरेका छन् । अमेरिकाले अफगानिस्तान, म्यानमार, चाड, कङ्गो, गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई आफ्नो देशमा यात्रामा पूर्ण प्रतिबन्ध लगाएको हो ।
यसबाहेक बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकलाई पनि यात्रामा आंशिक प्रतिबन्ध लगाइएको ह्वाइट हाउसले जनाएको छ । ट्रम्पले आफ्नो देश र नागरिकलाई खतरनाक विदेशी तत्वहरूबाट जोगाउन प्रतिबन्ध लगाएको बताएको बीबीसीले जनाएको छ । यो घोषणा आउँदो सोमवार जुन ९ तारिखदेखि लागू हुनेछ ।
ट्रम्पले केही देशहरूबाट यात्रा प्रतिबन्ध लगाउने आदेश दिएको यो दोस्रो पटक हो । यसअघि सन् २०१७ मा आफ्नो पहिलो कार्यकालमा पनि उहाँले केही देशलाई यात्रा प्रतिबन्ध गर्ने यस्तै आदेशमा हस्ताक्षर गरेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-05
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
