
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर गरेका छन् । अमेरिकाले अफगानिस्तान, म्यानमार, चाड, कङ्गो, गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई आफ्नो देशमा यात्रामा पूर्ण प्रतिबन्ध लगाएको हो ।
यसबाहेक बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकलाई पनि यात्रामा आंशिक प्रतिबन्ध लगाइएको ह्वाइट हाउसले जनाएको छ । ट्रम्पले आफ्नो देश र नागरिकलाई खतरनाक विदेशी तत्वहरूबाट जोगाउन प्रतिबन्ध लगाएको बताएको बीबीसीले जनाएको छ । यो घोषणा आउँदो सोमवार जुन ९ तारिखदेखि लागू हुनेछ ।
ट्रम्पले केही देशहरूबाट यात्रा प्रतिबन्ध लगाउने आदेश दिएको यो दोस्रो पटक हो । यसअघि सन् २०१७ मा आफ्नो पहिलो कार्यकालमा पनि उहाँले केही देशलाई यात्रा प्रतिबन्ध गर्ने यस्तै आदेशमा हस्ताक्षर गरेका थिए ।
Sudina Shrestha
प्रकाशित: २३ जेष्ठ २०८२, बिहीबार ०८:४७
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
