काठमाडौं । ताप्लेजुङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । मंगलबार राति फक्ताङलुङ गाउँपालिका–३ लिङखिमस्थित सिस्ने खोलानजिकै २८ वर्षीय तेजेन्द्र लिम्बू माथि खुकुरी प्रहार हुँदा उनको मृत्यु भएको हो ।
श्रीमती सरितासहित तावास्थित फुपुका घरमा पाहुना आएका उकाली पानीका ३२ वर्षीय अर्जुन गुरुङले सामान्य विवाद हुँदा तेजेन्द्रमाथि खुकुरी हानेका थिए । खुकुरी प्रहारबाट कोखमा गम्भीर चोट लागेका तेजेन्द्रको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने अर्जुन हतियारसहित फरार छन् । उनकी श्रीमती सरिता पनि प्रहरी सम्पर्कमा छैनन् । प्रहरी निरीक्षक विवेक बस्नेतको टोलीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-04
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
