
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई निलम्बन गरेका हुन् ।
आफूलाई कार्यालय प्रवेशमा बलपूर्वक अवरोध गरेको र दुर्व्यवहार गरेको भन्दै गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईले मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलसहितलाई बोधार्थ दिएर महानगर प्रहरी बल ऐनबमोजिम गएको चैत २१ गते भएको घटनाको जाँचबुझ नसकिन्जेल बढीमा ६ महिनाका लागि निलम्बन गरिएको जनाएको छ । पाण्डे निलम्बित भएपछि महानगरपालिकाले नगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीलाई दिइएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २२ जेष्ठ २०८२, बुधबार ०८:३६
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
