
काठमाण्डौ । रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । फाइनल खेलमा पन्जाब किङ्ग्सलाई ६ रनले पराजित गर्दै बेङ्गलुरुले पहिलो पटक उपाधि जितेको हो ।
अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा एक सय ९१ रनको लक्ष्य पछ्याएको पन्जाबले ७ विकेट गुमाउँदै एक सय ८४ रन मात्र बनाउन सक्यो । पन्जाबका सशंक सिंहले सर्वाधिक ६१ रन बनाए । बेङ्गलुरुका भुवनेश्वर कुमार र कुर्नाल पाण्ड्याले समान २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको बेङ्गलुरुले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो । बेङ्गलुरुका लागि विराट कोहोलीले सर्वाधिक ४३ रन बनाए । पन्जाबका कायल जेमीन्सन र अर्शदिप सिंहले समान ३ विकेट लिए । यसअघि अहिलेसम्म ७ टोलीले आईपीएल जितेकोमा बेङ्गलुरुले पहिलो पटक आईपीएलको ८औं च्याम्पियन टिम बनेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २२ जेष्ठ २०८२, बुधबार ०८:२५
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
