काठमाण्डौ । रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । फाइनल खेलमा पन्जाब किङ्ग्सलाई ६ रनले पराजित गर्दै बेङ्गलुरुले पहिलो पटक उपाधि जितेको हो ।
अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा एक सय ९१ रनको लक्ष्य पछ्याएको पन्जाबले ७ विकेट गुमाउँदै एक सय ८४ रन मात्र बनाउन सक्यो । पन्जाबका सशंक सिंहले सर्वाधिक ६१ रन बनाए । बेङ्गलुरुका भुवनेश्वर कुमार र कुर्नाल पाण्ड्याले समान २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको बेङ्गलुरुले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो । बेङ्गलुरुका लागि विराट कोहोलीले सर्वाधिक ४३ रन बनाए । पन्जाबका कायल जेमीन्सन र अर्शदिप सिंहले समान ३ विकेट लिए । यसअघि अहिलेसम्म ७ टोलीले आईपीएल जितेकोमा बेङ्गलुरुले पहिलो पटक आईपीएलको ८औं च्याम्पियन टिम बनेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-04
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
