
काठमाण्डौ । अर्को महिना हुने एशियन कप छनोटको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग २–० गोलले पराजित भएको छ । हिजो बैंककमा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने नेपाल सम्हालिन सकेन ।
थाइल्यान्डले दोस्रो हाफको ५९औं मिनेटमा फ्रिकिकमार्फत अग्रता लिएको थियो । झन्डै ३० यार्ड टाढाबाट मोंग्कोल्दीले पहिलो बारतर्फ प्रहार गरेको फ्रिकिकमा नेपालकी कप्तान एन्जिला तुम्बापो सुब्बा बलसम्म पुग्न नसक्दा गोल भएको थियो ।
त्यसपछि ७५ औं मिनेटमा थाइल्याण्डले काउन्टर अट्याकमा गोल थप्यो । यसअघि भएको क्लोज डोर मैत्रीपूर्ण खेलमा नेपाल १–० ले पराजित भएको थियो । नेपालले अर्को महिना एएफसी महिला एशियन कपको छनोट खेल्दैछ ।
उज्वेकिस्तानमा हुने प्रतियोगितामा नेपालले आयोजकसँगै लाओस र श्रीलङ्काको सामना गर्नेछ । चार टोली समूहको शीर्षस्थानमा रहने टोलीले सन् २०२६ मा अष्ट्रेलियामा हुने एशियन कपमा स्थान पक्का गर्नेछ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २१ जेष्ठ २०८२, मंगलवार ०८:३४
अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा

विशेष अदालतद्वारा पूर्वसचिवसहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

अब युएई जाने नेपाली श्रमिकको तलब न्यूनतम एक हजार दिराम निर्धारण

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दुई अभियोगमा भ्रष्टाचार मुद्दा

Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta
