तेलंगाना । ७२ औं मिस वर्ल्डको उपाधि थाइल्याण्डकी ओपल सुचाता चुआंगश्रीले जितेकी छन् । शनिबार बेलुका भारतको हैदराबादमा आयोजित फिनालेमा उनले उपाधि जितिन् ।
विजेता ओपललाई अघिल्लो संस्करणकी विजेता क्रिस्टिना पिस्ज्कोभाले ताज पहिर्याइदिइन् । प्रतियोगितामा इथियोपियाकी हासेट डेरेजेले दोस्रो स्थान प्राप्त गरेकी छन् भने मार्टिनिककी औरेली योहाचिम तेस्रो भएकी छन् ।
यो वर्ष ग्रान्ड फिनालेको होस्टिङ मिस वर्ल्ड २०१६ स्टेफानी डेल भ्यालेले भारतीय प्रस्तोता साचिन कुम्भारसँग संयुक्त रूपमा गरेका थिए । सो प्रतियोगितामा नेपालबाट सृच्छा प्रधानले प्रतिनिधित्व गरेकी थिइन् भने भारतकी नन्दिनी गुप्ता सहित १०८ देशका युवतीहरूले ‘मिस वर्ल्ड’ प्रतियोगितामा भाग लिएका थिए ।
नन्दिनी अन्तिम दौडबाट बाहिरिएकी थिइन् । कार्यक्रममा बलिउड कलाकार ज्याक्लिन फर्नान्डिस र इशान खट्टरको लाइभ प्रस्तुति रहेको थियो । मे ७ मा सुरु भएको यो रोमाञ्चक प्रतियोगिता मे ३१ शनिबार नयाँ मिस वर्ल्डको छनोटसँगै समाप्त भएको छ । यो प्रतियोगिता सन् १९५१ देखि सुरु भएको थियो।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-01
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
