काठमाण्डौ । पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले पहिलो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । इन्टर मिलानलाई ५–० गोलले हराउँदै पीएसजी पहिलो पटक च्याम्पियन बनेको हो ।
पीएसजीका डिजेर डुवेले २, आक्राफ हाकिमी, ख्विचा क्वारात्स्खेलिया, सेनी मायुलुले समान १ गोल गरे । पीएसजीले यसपटक अन्तिम १६ मा लिभरपुललाई, क्वाटरफाइनलमा एस्टन भिल्लालाई र सेमिफाइनलमा आर्सनललाई हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
यसअघिको सन् २०२० मा पीएसजीले च्याम्पियन लिग फाइनल खेलेको थियो । त्यति बेला टोली बायर्न म्युनिखसँग १–० ले पराजित भएको थियो । इन्टरले यसअघि तीन पटक उपाधि जितेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-01
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
