७ साउन, मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कम्युनिष्ट पार्टीलाई पुनः एकीकृत गर्दै समाजवादको बाटोमा अगाडि बढ्नुपर्ने बताएका छन् ।
आज मोरङमा आयोजित पुष्पलाल स्मृति दिवसलाई सम्बोधन गर्दै मन्त्री मोदीले नेकपाका संस्थापक महासचिव पुष्पलालको सपना पूरा गर्नका लागि नेपालका कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य रहेको बताए ।
‘एउटै बलियो कम्युनिष्ट पार्टी मार्फत आमूल परिवर्तनको सपना बोकेर नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नेे पुष्पलालको सपना साकार गर्नका लागि सबै कम्युनिष्टबीचको एकता अनिवार्य र अपरिहार्य छ,’ माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री मोदीले भने ।
पुष्पलाल श्रेष्ठको योगदानले नै अहिले कम्युनिष्ट पार्टीहरु यो स्थानसम्म आइपुगेको भन्दै उनले त्यो गाम्भीर्यतालाई बुझेर नेपालका कम्युनिष्ट पार्टी अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा मन्त्री मोदीले कर्मचारीहरुको सरुवा प्रणालीलाई पूर्व अनुमानयोग्य बनाउन तयारी गरिरहेको समेत उल्लेख गरे ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-07-23
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
