रामेछाप । लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहनुभएका एभरेस्ट वाशिङ एन्ड गार्मेन्ट कम्पनी प्रा.लि. का सञ्चालक मधु क्षेत्रीले हालै रामेछाप जिल्लाको दोराङ्गबा, सैलुङ गाउँपालिका–३ मा अवस्थित श्री धनेश्वर आधारभूत विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क स्कुल पोशाक वितरण गर्नुभएको छ।

स्थानिय विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शिक्षामा प्रोत्साहन र आत्मविश्वास वृद्धि गर्ने उद्देश्यले क्षेत्रीले यो सहयोग गर्नुभएको हो। उहाँको यस कदमले गाउँका अभिभावक र विद्यालय प्रशासनलाई समेत हर्षित बनाएको छ।

विद्यालयका प्रधानाध्यापकले मधु क्षेत्रीप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले ग्रामीण भेगका बालबालिकाको शिक्षा यात्रा सहज हुने विश्वास व्यक्त गर्नुभयो।
मधु क्षेत्रीले यसअघि पनि विभिन्न विद्यालयमा शैक्षिक सामग्री, स्वास्थ्य सामग्री तथा अन्य आवश्यक सहयोग गर्दै आउनुभएको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-30
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
