
एजेन्सी । स्विट्जरल्यान्डमा हिमनदी फुटेर आएको बाढीका कारण तटीय क्षेत्रमा पर्ने ब्लाटन गाउँको झन्डै ९० प्रतिशत भाग पुरिएको छ । स्वीस पर्वतीय हिमनदी पग्लिएर आएको ढुङ्गा, माटो तथा ग्रेग्रानयुक्त पहिरोले उपत्यकाका रूपमा रहेको गाउँमा घरलगायतका संरचनाहरू पुरेको हो ।
स्वीस सरकारले १५ लाख क्युबिक मिटर बराबरको हिमनदीको ठूलो भाग पग्लिने तथा फुट्ने जोखिम रहेको भन्दै एक हप्ताअघि नै ब्लाटनका झन्डै तीन सय जना बासिन्दालाई सुरक्षित ठाउँमा पठाएको थियो । तर एक जना हराइरहेका स्थानीय प्रशासनले जनाएको छ ।
घटनापछि पत्रकार सम्मेलनमा बोल्दै स्विट्जरल्यान्डका वातावरणमन्त्री अल्बर्ट रोस्तीले घरबासमा क्षति पुगेका नागरिकलाई पुनर्स्थापना गर्ने पनि प्रतिबद्धता गरेका छन् ।
दुई वर्षअघि प्रकाशित स्वीस ग्लेसियर मोनिटरिङ नेटवर्क (ग्लामोस) को वार्षिक प्रतिवेदन अनुसार पछिल्लो दुई वर्षमा मात्रै स्विट्जरल्यान्डका हिमनदीको १० प्रतिशत पग्लिएर गएको देखिएको छ । स्विट्जरल्यान्डका १४ सय हिमनदीबारे वर्षौंदेखि अध्ययन गरेको अनुसन्धान टोलीले यस्तो निष्कर्ष निकालेको बीबीसीको खबरमा उल्लेख छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १७ जेष्ठ २०८२, शुक्रबार ०९:०९
ऊर्जामन्त्री र उरुग्वेका गैरआवासीय राजदूतबीच ऊर्जा सहकार्यबारे छलफल

Amendment of constitution should begin immediately: General Secretary Thapa

प्रधानमन्त्रीद्वारा शर्माको चित्रकला प्रदर्शनी अवलोकन

बरिष्ठ गीतकार, गायक तथा साहित्यकार गणेश रसिकको निधन

सात वर्षअघि नै खारेज भएको सिन्डिकेट ब्युँत्याउने प्रयास

नेपाल थाइल्यान्डसँग पराजित
