काठमाण्डौ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले जिल्ला अदालत रौतहटको फैसला उल्ट्याउँदै नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित चार जनालाई सफाइ दिएको छ ।
न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले कांग्रेस नेता आलमसहित, उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई सफाइ दिएको हो ।
आलममाथि २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा मुख्य योजनाकार रहेको आरोप लागेको थियो । यो घटनामा जिल्ला अदालत रौतहटले आलमसहित चार जनालाई २०८१ साल वैशाखमा जन्मकैदको फैसला सुनाएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-29
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
