
काठमाडौं । आज १८औँ गणतन्त्र दिवस मनाइँदै छ । मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी भव्यता र हर्षोल्लासका साथ मनाइँदै छ । सो अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गर्दैछ ।
तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०ले गरेको सशस्त्र संघर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ ।
विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको हो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १६ जेष्ठ २०८२, बिहीबार ०८:३०
निलम्बनमा परे काठमाण्डौ नगर प्रहरी प्रमुख राजु पाण्डे

यातायात व्यवसायीको आन्दोलन स्थगित

आरसीबीलाई पहिलो पटक आईपीएल क्रिकेटको उपाधि

ऊर्जामन्त्री र उरुग्वेका गैरआवासीय राजदूतबीच ऊर्जा सहकार्यबारे छलफल

Amendment of constitution should begin immediately: General Secretary Thapa

प्रधानमन्त्रीद्वारा शर्माको चित्रकला प्रदर्शनी अवलोकन
