संखुवासभा । सशस्त्र प्रहरी बल नेपालका संस्थापक प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ तथा उनकी धर्मपत्नी नुडुप श्रेष्ठको स्मृतिमा संखुवासभाको चैनपुरमा सालिक अनावरण गरिएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मंगलबार सालिक अनावरण गरेका हुन् । सालिक चैनपुरको जिरो पोइन्टमा छ । महानिरीक्षक अर्यालले श्रेष्ठ सरल, शान्त र निडर स्वभावको भएको बताए ।
शालिक अनावरण क्रममा सशस्त्र प्रहरीको टोली सम्मानस्वरूप श्रद्दाञ्जली अर्पण गरेको थियो । अनावरण कार्यक्रम कृष्णमोहन नुडुप स्मृति प्रतिष्ठान चैनपुरको आयोजनामा गरिएको हो । चैनपुर नगरपालिकाको करिब ६ लाख लागत सहयोगमा सालिक निर्माण गरिएको हो ।
सशस्त्र प्रहरीका पहिलो महानिरीक्षक श्रेष्ठको २०५९ माघ १२ मा हत्या भएको थियो । उनको हत्याअघि तत्कालीन विद्रोही माओवादीले चैनपुरमा रहेको घरमा बम विस्फोट गरेर क्षति पुर्याएका थिए । श्रेष्ठको नेतृत्वमा २०५८ मा सशस्त्र प्रहरी बलको स्थापना गरिएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-28
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
